बेलायतमा गोर्खा कपको २१ औं संस्करण मे २८ मा हुने

SHARE:

लण्डन ४ मार्च २०२३ । बेलायतमा नेपालीको सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप २०२३ आउँदो मे २८ तारिखमा हुने भएको छ ।

अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा मे २८ आइतबारका दिन गोर्खा कप फुटबल प्रतियोगिता हुने आयोजक तमुधिं यूकेले जनाएको छ । रसमूर बरो काउन्सिलका मेयरको प्रमुख आतिथ्यतामा हुने गोर्खा कपको मेनतर्फ ३२ टिम ९१६(३० वर्ष उमेर समूह) बीच प्रतिस्पर्धा हुने खेलकुद सचिव क्याप्टेन दिपक घलेले जानकारी दिए । भेटेरनतर्फ ८ टिम ९४० वर्षमाथि०ले खेल खेल्नेछ । महिलातर्फ समान उमेरका मुख्य दुई टिमबीच प्रतिस्पर्धा गराइने भएको छ । कपअन्तर्गत ठेलो प्रतियोगिता पनि समेटिनेछ । जसका विजेताले २०० र रनरअपले १०० पाउन्ड पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी फुटबल टिम तथा स्टल दर्ताका लागि १६ अप्रिलदेखि मे १३ तारिखसम्म समय दिइएको छ । टिम दर्ताका लागि २५० पाउन्ड शुल्क रहेको छ । मुख्य टिम विजेताले २५ सय पाउन्ड, रनरअपले १५ सय पाउन्ड पुरस्कार पाउनेछन् । त्यस्तै भेटेरनतर्फ विजेताले १२ सय पाउन्ड र रनरअपले ८ सय पाउन्ड, महिला टिमका विजेताले ५ सय पाउन्ड र रनरअपले २५० पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्र समेत दिइनेछ ।

सबै विधाका उत्कृष्ट खेलाडी, टप स्कोरर, मुख्य टिम र भेटेरनतर्फ वेस्ट म्यानेजरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक घलेले जनाए । गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । संयोजक घलेका अनुसार प्यारासुट डिस्प्ले, नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टलहरु राखिने छन् । तमुधिं यूकेमा हरि गुरुङ अध्यक्ष बनेपछि १२ औं कार्यसमितिले पहिलो पटक गोर्खा कप आयोजना गर्न लागेको हो । गोर्खा कपको यस वर्ष २१ औं संस्करण हुँदैछ ।

हरि गुरुङ नेतृत्वको कार्यसमिति २०२२ डिसेम्बर २६ तारिखमा घोषणा गरिएको थियो । नयाँ कार्यसमिति र निवर्तमान कार्यसमितिबीच ३१ डिसेम्बरको तमु ल्होछार कार्यक्रममा कार्यभार हस्तान्तरण भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!