राप्रपा गलत क्रियाकलापको पक्षमा छैन: अध्यक्ष लिङदेन

SHARE:

काठमाडौं ६ मार्च २०२३ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुन आवश्यक रहेको बताए । उनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिवद्धता जनाए ।

विगत केही दिन यता व्यवसायी दुर्गा प्रसाईंले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको बिरोध गर्दै आएका थिए। सोही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!