सामूहिक विवेक प्रयोग गरेर आर्थिक संकट समाधान गर्छौं: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं ७ मार्च २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताएका छन् ।

मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिनभित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उनको भनाई थियो । मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको रुपमा असफल हुने छुट नरहेको पनि दोहोर्‍याए ।

उनले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासन समेत दिए । त्यसका लागि अध्ययन र अनुसन्धानको काम धेरै अघि बढिसकेको प्रधानमन्त्री दाहालका जिकीर गरे । प्रधानमन्त्री दाहालले विद्युत व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने संकेत मुलुकमा देखा परेको दाबी समेत गर्नुभयो । मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई बिक्री गर्नका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहमति गरेको स्मरण गराए ।

उनले आफू हाईड्रोजन गाडी चढने तयारीमा रहेको समेत बताए । डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढन नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले प्रधानमन्त्री बनेको बेला सल्लाह दिएको र सोही अनुसार आफूले प्रधानमन्त्री कार्यालयमा त्यसको तयारीका लागि छलफल अघि बढाएको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालले ग्रिन इनर्जीबाट हाइड्रोजन इनर्जीमा गएर मुलुकमा विभिन्न उद्योग, व्यवसाय सञ्चालन गरी आर्थिक गतिविधिलाई अघि बढाउन सकिने स्पष्ट पारे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!