यू-२० महिला एसियन कप छनोटमा नेपालद्वारा प्यालेस्टाइन ६-० ले पराजित

SHARE:

काठमाडौं ८ मार्च २०२३ ।

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएको छ ।

फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई छ–शून्य गोल अन्तरले हरायो । नेपालको जितमा दीपा शाहीले चार गोल गरिन् । यस्तै गरिमा राईले दुई गोल गरिन् । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । यो चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछन् । एएफसी २० वर्षमुनिको महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियोगिताका लागि आयोजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएको प्रतियोगिताको शीर्ष तीन टोली स्वतः छनोट भइसकेका छन् ।

उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!