प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्ध मुद्दा दर्ता गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतको भर्त्सना

SHARE:

लण्डन ९ मार्च २०२३ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालिन घटनाको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतले भर्त्सना गरेको छ ।

मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै यस कार्यले बृहत शान्ति सम्झौताको बर्खिलाप गरेको र यसले संक्रमणकालिन न्याय प्रक्रियालाई समाधान गर्न सहयोग नपुर्याउने बताएको छ ।

मञ्चले अदालतमार्फत शान्ति सम्झौतालाई उल्लंघन गर्न कोसिस भइरहेकोमा सोको कडा प्रतिवाद गर्न र शान्ति प्रक्रियालाई बिथोल्ने कार्य तत्काल रोक्न पनि सम्बन्धित पक्षसित आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!