सी जिन पिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

SHARE:

एजेन्सी १० मार्च २०२३ ।

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् ।

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस एनपीसीका झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका थिए । आज विहान भएको मतदानमा ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्पको रुपमा चित्रित गरिदै आएको छ ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने समय सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित मानिएको थियो । उनले मात्सेतुङपछि सीले देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् । राष्ट्रपति सीले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्ने छन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण आज चीन आर्थिक संकटको सामना गरिरहेको छ ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए । उनले चिनियाँ सशस्त्र बलको कमाण्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!