उपराष्ट्रपति चुनावमा गठबन्धनले जालझेल गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप

SHARE:

काठमाडौं ११ मार्च २०२३ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति चुनावमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् ।

शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएको टिप्पणी गरे । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ । यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको आरोप पनि लगाए । दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए ।

उनले देशमा जातीय आधारमा नभइ वर्गीय आधारमा आरक्षण दिइनुपर्ने बताए। जातीय रुपमा आरक्षण दिदाँ त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!