सिन्धुलीको फिकलमा बस दुर्घटना : ६ को मृत्यु, २९ जना घाइते

SHARE:

काठमाडौं १२ मार्च २०२३ । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक ३ पुरुष र ३ महिला छन् । पहिचान खुलेको छैन ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । उनले ब्रेक फेल हुँदा दुर्घटना भएको बयान दिएका छन् । उनी पनि सामान्य घाइते रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!