बेलायत र अमेरिकाले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने

SHARE:

लण्डन १२ मार्च २०२३ ।

अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको औपचारिक घोषणा गर्दैछन् । बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट चल्ने पनडुब्बीसम्बन्धी सम्झौताको घोषणा गर्न लागेका हुन् । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको सामना गर्ने प्रयासको रूपमा तीन देशहरूले २०२१ मा यो योजना घोषणा गरेका थिए । यी पनडुब्बीहरू क्यानबेरा डिफेन्स प्रोजेक्ट अन्तर्गत दिइँदैछ ।

यो सम्झौतामा जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज सहभागी हुनेछन्। अस्ट्रेलियालाई दिइने पनडुब्बीमा अमेरिकी प्रविधि र ब्रिटिश डिजाइन छ। चीनले यी तीन देशको यो सम्झौताको विरोध गरेको छ। उसले ताइवानमाथि दबाब दिइरहेको छ र विवादित दक्षिण चीन सागरमा आफ्नो कब्जा दाबी गरिरहेको छ ।

अमेरिका, अष्ट्रेलिया र बेलायतले यसलाई रोक्न चाहन्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!