पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष वृद्धि गर्नुपर्छ: नेपाल पत्रकार महासंघ

SHARE:

काठमाडौं १३ मार्च २०२३ ।

पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष वृद्धि गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।

केन्द्रीय समितिको सोमबार बसेको बैठकले तत्काल पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए । बैठकले हाल विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रमजीवी पत्रकारका समस्याका विषयलाई गम्भीर रूपमा लिई त्यसको समाधानका लागि कानुनी तथा दबाबमूलक संघर्षको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माण हुने क्रममा रहेकोप्रति गम्भीर चासो लिई ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन र साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरू धराशयी हुँदै गएको सन्दर्भमा समानुपातिक विज्ञापन वितरण प्रणाली तत्काल लागू गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले आगामी चैत १६ गते महासंघको ६८औं स्थापना दिवसलाई ‘विश्व शान्तिको मुहान’ लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। साथै महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरणका लागि चैत १७ लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने निर्णय बैठकले गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!