बेलायत अमेरिका र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता

SHARE:

लण्डन १४ मार्च २०२३ ।

बेलायत अमेरिका र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ ।

डेढ वर्ष अघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो । सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन् । अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ ।

अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकाले दावी गरेको छ । इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यि ३ देशबीच औकस गठबन्धन बनेको हो ।

यस गठबन्धनको फ्रान्सले भने खुलेरै विरोध गरेको थियो भने जर्मनी पनि यसमा खुशी भएको थिएन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!