नेपाली कांग्रेसलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

SHARE:

काठमाडौं १५ मार्च २०२३ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने भन्ने निर्णय गरेको सञ्चारमाध्यममा आएको आधारमा बुधबार स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ‘स्पष्टीकरण सोधिएको छ । सञ्चारमाध्यममा जुन बाहिर आयो तर ४८ घण्टा अगाडि प्रचार प्रसार गर्ने, मत माग्नेलगायतका काम गर्न नहुने भन्ने छ । यसमा सञ्चारमाध्यममा कांग्रेसले प्रतिकुल हुने गरी निर्णय गरेको भन्ने आएपछि यसबारेमा के हो भनेर स्पष्टीकरण सोधिएको छ’, उनले भने।

सञ्चारमाध्यममा आएजस्तै भएको हो भने २४ घण्टाभित्र निर्णय कपीसहित जवाफ पठाउन भनिएको उनले बताए । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!