यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा प्रवेश

SHARE:

काठमाडौं १६ मार्च २०२३ ।

विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ ।

लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो । ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो। त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो । नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे।

कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए। दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे । यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नटआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले । भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!