
लेडिस रमझम च्यारिटी नाइटबाट प्राप्त रकम गेभिना मगरको समाजसेवामा समर्पण गर्ने
जमुना पुन – बेलायत
१८ मार्च २०२३, मगर संघ युके, युनाइटेड हाम्सायर, सरे एण्ड बक्सायर (युएचएसबी) शाखा, लेडिस समितिले आयोजना गरेको लेडिस रमझम च्यारिटी नाइट बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा भव्यतापुर्बक सम्पन्न भएको छ। बिगतका बर्षहरुमा जस्तै यस बर्षको लेडिस रमझम च्यारिटी नाइटबाट उठेको रकम समाजसेवी गेभिना मगरको समाजसेवामा समर्पण गर्ने निर्णय भएको छ।
उक्त लेडिस रमझम च्यारिटी नाइटलाई मगर संघ युके, युएचएसबी) शाखा, लेडिस समितिका अध्यक्ष धना रोका, मगर संघ युकेका संस्थापक महिला अध्यक्ष गोमा राना, निबर्तमान अध्यक्षहरु पदम थापा, छबिमाया पुन, मगर संघ युकेका सल्लाहकार शान्ति कुवरले दिप प्रजवलन गरेर औपचारिक कार्यक्रम शुरु गरेका थिए ।
उक्त लेडिस रमझम च्यारिटी नाइटलाई संस्थाका निबर्तमान अध्यक्ष छबिमाया पुनले £१००, मगर महिला संघ युकेले £५० र प्रमुख अतिथि शान्ति कुवरले £५० सहयोग गरेका छन भने डिजे शिब छन्त्यालले बिभिन्न भाषाका गीतहरुले मनोरंजन दिनमा सहयोग गरेका थिए।
सो कार्यक्रमलाई सफल पार्नका लागि मगर संघ युके, युएचएसबी शाखाका अध्यक्ष ऋषिराम राना, उपाध्यक्ष बिरल बलाल, सचिब गणेश बुराथोकी, कोषाध्यक्ष गोप सिङ्ग जाली पुर्ब अध्यक्षहरु ले. सुनिल राना, लेख राना, क्याप्टेन ताम धेगा, हेमा राना र मगर संघ युके, युएचएसबी शाखाका महिला अध्यक्ष भीमा धेगालगायत मगर संघ युकेका निबर्तमान अध्यक्ष दुत पुनको पनि उपस्थिति रहेको थियो।
मगर संघ युके, युएचएसबी शाखा, लेडिस समितिका अध्यक्ष धना रोकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि मगर संघ युकेका
सल्लाहकार शान्ति कुवर थिए। उक्त लेडिस रमझम च्यारिटी नाइटमा उपस्थित दिदीबहिनीहरुलाई मगर संघ युके, युएचएसबी) शाखा, लेडिस समितिका उपाध्यक्ष नानु रानाले स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सचिब पार्वती थापाले कार्यक्रम संचालन गरेका थिए।







