शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको छु: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १९ मार्च २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोमबारको प्रतिनिधिसभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार ९भोलि० सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् । उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।

उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९।२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ ।’प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!