प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पाए दोस्रोपटक विश्वासको मत

SHARE:

काठमाडौं २० मार्च २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

सत्ता समीकरण फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रोपटक विश्वासको मत लिएका हुन् । विश्वासको मत दिन प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । मत दिन्न अर्थात् तटस्थमा एक मत परेको छ । संसद बैठकमा २ सय ६२ सांसद उपस्थित रहेका थिए ।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला ९९ प्रतिशत सांसदको मत पाएका प्रचण्डले तत्कालीन सत्ता समीकरण बदलिएसँगै साढे २ महिनामा दोस्रो पटक विश्वासको मत लिने अवस्थामा पुगेका हुन् । यसपटक प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी बाहेकका सबै दलको मत पाएका हुन् । सरकार टिकाउन १ सय ३८ सांसदको मत आवश्यक पर्दछ ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय झण्डै एक महिनादेखि प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेका छन् । विश्वासको मत लिएलगत्तै प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!