काठमाडौं २० मार्च २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका छन् ।
संसदमा विश्वासको मत लिएर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूबीच सरकारलाई विस्तार गर्ने बारेमा छलफल हुने बताए । ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकरालाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ’,उनले भने, ‘दुई चार दिन भित्रै सबै टुंग्याउने र काम गर्ने विचार छ।’
उनले एमालेले भनेजस्तो गठबन्धनमा केही गडबड नहुने र अब आरामसँग सरकार चल्ने दाबी गरे । उनले यो महिनाको अन्तिम वा वैशाखको सुरुमा आफ्नो भारत भ्रमण हुने जानकारी पनि दिए ।






