नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोड बढी बालबालिका जोखिममा

SHARE:

एजेन्सी २१ मार्च २०२३ ।

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।

नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै त्यस मुलुकमा कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा नाइजेरियामा पानीजन्य सङ्क्रमणको खतरा बढी देखिएको र ठूलो सङ्ख्याका नागरिक यसबाट सङ्क्रमित हुने खतरा रहेको पाइएको उल्लेख छ ।

बालकोषले शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने नाइजेरिया सरकारलाई सुझाव दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।

देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण नाइजेरियाका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!