तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको निर्णय

SHARE:

काठमाडौं २२ मार्च २०२३ ।

 

 

सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको बताइएको छ । स्रोतका अुनसार भागबन्डाबारे भने छलफल भएको छैन । ‘समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ,’ स्रोतले भन्यो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!