प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालद्वारा लाओस २–० ले पराजित

SHARE:

काठमाडौं २२ मार्च २०२३ ।

प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको छ ।

आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो । खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा अर्को गोल थप्यो । नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ र नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गरे ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!