बीसीसी युकेको पहिलो बैठकले गर्‍यो कार्य विभाजन

SHARE:

बीसीसी युकेको पहिलो बैठकले गर्‍यो कार्य विभाजन
पूर्ण गुरुङ – लण्डन

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको पाँचौं कार्यसमितिको पहिलो बैठकले कार्य विभाजन गरेको छ । गत १८ मार्च शनिबारका दिन बसेको बैठकले सो कार्य विभाजन गरेको हो । उक्त बैठकमा अध्यक्ष हर्क बहादुर गुरुङले स्वागत मन्तब्य प्रकट गर्दै गुम्बाले गर्दै आएको र गर्नुपर्ने कार्यहरुको बारे जानकारी गराए । त्यस्तै, कोषाध्यक्ष मेजर शंकर गुरुङले गुम्बाको आर्थिक विवरण जानकारी दिए ।

कार्यसमितिका पदाधिकारी एवं सदस्य र सल्लाहकारहरुबीच एकअर्कामा परिचय समेत गरिएको सो बैठकले बीसीसी युकेले आउने ५ मे का दिन एम्पायर हल अल्डरसटमा मनाउन लागेको बुद्ध जयन्तीको तयारीबारे व्यापक रुपमा छलफल गरेको थियो । उक्त समारोहका लागि नेपालबाट आउने सेचेन गुम्बाका हिज होलिनेश रब्जम रिन्पोछेको बेलायत बसाईको कार्यक्रमलगायतको बिषयमा छलफल भएको थियो । त्यस्तै, बैठकले हाल गुम्बाको सेवामा रहेका खेन्पो टासी छिरिङ्गलाई २ अप्रीलका दिन औपचारिक बिदाई गर्ने निर्णय गरेको छ ।

बीसीसी गुम्बाका टुल्कु जिग्मे रिन्पोछे, खेन्पो टासी छिरिङ, अध्यक्ष हर्क बहादुर गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङलगायत सहभागी सबैले दीप प्रज्ज्वलन गरी शुरुवात भएको बैठकमा प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पालगायत सल्लाहकारहरुले गुम्बा संचालनका लागि आवश्यक सल्लाह, सुझावहरु प्रस्तुत् गर्दै गुम्बाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त बैठक पश्चात बीसीसी युकेको निमन्त्रणामा तमु ल्होछारका लागि सिक्किमबाट आएका हिज होलिनेश टुल्कु सन्गय योन्तेन ग्यात्सो रिन्पोछेलाई औपचारिक रुपमा रात्रीभोजसहित बिदाई गरिएको नवनिर्वाचित अध्यक्ष हर्क बहादुर गुरुङले जानकारी दिए ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

स्मरण रहोस्, बीसीसी युकेको गत २५ फेब्रुअरीका दिन सम्पन्न पाँचौं अधिवेशनले उक्त पाँचौं कार्यसमितिको निर्विरोध चयन गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!