ट्युनिसियामा आप्रवासी सवार डुंगा डुब्दा १९ जनाको मृत्यु

SHARE:

एजेन्सी २६ मार्च २०२३ ।

अफ्रिकी मुलुक ट्युनिसियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ।

भूमध्य सागर हुँदै इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासी सवार डुंगा आइतबार ट्युनिसियाको तटीय क्षेत्रमा डुबेको मानवअधिकारवादी समूहहरूले जनाएका छन् । तटीय सुरक्षाकर्मीहरूले डुंगामा सवार पाँच जनाको माहडिया क्षेत्रबाट सकुशल उद्धार गरेको फोरम फर सोसियल एन्ड इकोनोमिक रोइट्स एफटीडीइसका अधिकारी रोमादान बेन ओमारले बताएका छन् । गरिबी, भोकमरी, द्वन्द्वग्रस्त मुलुकका विशेष गरी अफ्रिकी र मध्यपूर्वी नागरिकहरू सहज जीवनयापनका लागि युरोप प्रवेश गर्न भूमध्य सागरको जोखिमपूर्ण यात्रामा निस्किने गरेका छन् ।

युरोप प्रवेशका लागि इटली आप्रवासीहरूले प्रमुख गन्तव्य रहँदै आएको छ। पछिल्लो चार दिनयता तटीय क्षेत्रबाट इटलीका लागि निस्किएका करिब ८० वटा डुंगाबाट तीन हजारभन्दा बढी आप्रवासी अधिकांश अफ्रिकी नियन्त्रणमा लिइएको बताइएको छ। दक्षिणी शहर स्फ्याक्सको तटीय क्षेत्रमा पछिल्लो चार दिनयता मात्रै पाँच वटा डुंगाहरू डुब्दा ६७ जना बेपत्ता भएको र आठ जनाको मृत्यु भएको मानवअधिकारवादी संस्थाहरूलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ। बिहीबार मात्रै इटलीको दक्षिणी तटीय क्षेत्रबाट सुरक्षाकर्मीहरूले ७५० जना आप्रवासीको उद्धार गरेका थिए।

यस वर्ष करिब १२ हजार आप्रवासी ट्युनिसियादेखि सामुद्रिक यात्रामार्फत इटली प्रवेश गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ। यो संख्या सन् २०२२ को यही अवधिमा १३ सय रहेको बताइएको छ। यसअघि युरोप प्रवेशका लागि आप्रवासीहरूको प्रमुख प्रस्थान बिन्दु लिबियाको सामुन्द्रिक क्षेत्र रहँदै आएको थियो। अहिले भने ट्युनिसिया धेरैको रोजाइमा छ। जोखिमपूर्ण सामुद्रिक यात्राका क्रममा कैयौँ आप्रवासीहरूले ज्यान गुमाउने गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!