विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड रुपैयाँ दिने

SHARE:

काठमाडौं २६ मार्च २०२३ ।

 

विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ ।

अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करोड डलर आर्थिक सहायता स्वीकृत गरेको हो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरूमा आधारित छ ।

यसले स्थानीयस्तरमा विशेष गरेर गणित र अंङ्ग्रेजी विषयका शिक्षकको सीप विकास, विद्यालयको भौतिक पूर्वाधार सुधारलगायतका काम गरेर शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य लिएको छ । नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु मानव पुँजीको विकासका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै यो आर्थिक सहायताले नेपाल सरकारको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने बताए।

यसै सहायतामार्फत प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीपहरू सुधार गर्ने, कोरोना महामारी र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ हानीलाई सम्बोधन गर्ने, उपयुक्त कक्षा कोठाको निर्माण, डिजिटल शिक्षणलाई सुदृढ गर्ने, बालिका र अपाङ्गगता भएका विद्यार्थीलाई विशेष ध्यान दिने र छात्रवृत्तिलगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!