
नेपाली एसोसिएसन विल्सायरको अधिबेसन सम्पन्न
जयराम तामाङ
२५ मार्च २०२३ – बेलायत। नेपाली एसोसिएसन विल्सायरको २७औ बार्षिक साधारण सभा तथा ९ औ अधिबेसन यहि मार्च महिनाको २५ तारिख शनिबार स्विण्डन स्थित बकहर्स्ट कम्युनिटी हलमा सम्पन्न भएको छ।
अध्यक्ष ज्ञान प्रसाद गुरुङको अध्यक्ष्यतामा सम्पन्न उक्त सभालाई दुइ भागमा बिभाजन गरिएको थियो। १७औ साधारण सभाको रुपमा पहिलो र ९औ अधिबेसनको रुपमा दोस्रो सभालाई समितिका सचिब भवानी प्रसाद गुरुंगले हेल्थ एण्ड सेफ़्टिको बारेमा जनाकारी गराउदै संचालन गरेको थियो।
संस्थाका संथापक मेजर रिटायर्ड अधक्ष्य शान्त पून र अध्यक्ष ज्ञान प्रसाद गुरुङले दीप प्रज्वलन गर्दै प्रारम्भ भएको उक्त सभाले नेपाली राष्ट्रिय गान गाएर नेपालको सम्मान गरेको थियो। विभिन्न कालखण्डमा दिबंगत भएका विभिन्न नेपालीहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए।
संस्थाका सचिब भवानी प्रसाद गुरुङले बार्षिक गतिविधिको प्रतिबेदन केहि भिडियोको फुटेजहरु देखाए पछि प्रतिबेदनलाई पढेर सुनाएको थियो। बिधान समितिका संयोजक हरि भक्त लिम्बुले बिधानको केहि बुंधाहरुलाई संसोधन गरेर सुनाएको थियो।
कोषाध्यक्ष सरोज रानाले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तूत गरि सके पछि जेष्ठ नागरिक समुहका अध्यक्ष रंजन मल्लले पनि बार्षिक प्रतिबेदन प्रस्तूत गरेका थिए। अहिले सम्म आजीवन सदस्य ३०९ र साधारण सदस्य ७९ गरि जम्मा ३८८ सदस्य रहेको नेपाली समाज वेल्सायरको अध्यक्ष ज्ञान प्रसाद गुरुङ, उपाध्यक्ष्य खगेन्द्र गौचन, महिला उपाध्यक्ष मंजु बुढा राना , सचिब भवानी प्रसाद गुरुङ, कोषाध्यक्ष सरोज राना, जेष्ठ नागरिक अध्यक्ष्य रंजन मल्ल, महिला संयोजक तिजु गुरुङ, सहसचिब बिष्णु गुरुङ, जना सम्पर्क समितिका जुम बहादुर गुरुङ, मिडिया संयोजक इन्द्रेश गुरुङ, युबा संयोजक, खगेन्द्र राज गुरुङ, सहकोषाध्यक्ष जयकला , खेलकुद संयोजक, अभिनाश गुरुङ, संस्कृति संयोजक दिपेश गुरुङ र सह युबा संयोजक सुधिर गौचन कार्यसमिति रहेको समाजले विभिन्न समयमा उल्लेखनीय कामहरु गरेर विभिन्न अवार्डहरु जित्न सफल भएको थियो।
संस्थाले पहिलो सभा सकिए पछि हाफ़्टाइममा उपस्थित सबैलाई खान पिनाको ब्यबस्था पनि गरेको थियो। खाना पछि दोस्रो सभा अर्थात ९औ अधिबेसनमा समाजका सम्पूर्ण कार्य समितिका सदस्यहरुलाई अध्यक्ष ज्ञान प्रसाद गुरुङले सम्मान स्वरुप प्रसंसा पत्र दिनु भएको थियो। समाजका अध्यक्ष ज्ञान प्रसाद गुरुङको कार्य समितिका सम्पूर्ण सदस्यहरुको कार्यकाल समाप्त भए लगतै समाजका सल्लहाकार तथा निर्वाचन समितिका अध्यक्ष बिज्ञान शर्माको अध्यक्षतामा गठित निर्बाचन समितिले सर्बसहमत रुपमा पून ज्ञान प्रसाद गुरुङ्ग्को अध्यक्षतामा नवौ कार्यकालको लागि नंया कार्यसमिति चयन गरेको छ।
नयाँ कार्य समितिमा उपाध्यक्ष रंजन मल्ल , महिला उपाध्यक्ष तारा लिम्बु , सह सचिब बिष्णु गुरुङ , सह कोषाध्यक्ष अभिनाश गुरुङ, मेडिया कॉर्डिनेटर जुम बहादुर गुरुङ फूड कोर्डिनेटर तिल मगर, रहेका छन् भने, जेष्ठ नागरिक संयोजक प्रेम सिंह गुरुङ्ग्को समुहमा उपसंयोजक क्यारी बेल बहादुर राइ, महिला उपसंयोजक टिका ज्योति गुरुङ, सचिब प्रेम कुमार राइ र कोषाध्यक्षमा शमशेर बहादुर गुरुङ सर्बसहमत रुपमा चयन भएको छ।






