कुल आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालत पुगे प्रेम गाहामगर: भरतमणि चोङबाङ

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कुल आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालत पुगे प्रेम गाहामगर !!
भरतमणि चोङबाङ

लन्डन । एनआरएनए यूके अध्यक्ष पदबाट आफूलाई विधान विपरित वर्खास्त गरिएको भन्दै प्रेम गाहामगरले केन्द्रिय अध्यक्ष कुल आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

बेलायतका निर्वाचित अध्यक्षलाई गत १३ सेप्टेम्बरमा अवैधानिक रुपमा पत्र पठाएर वर्खास्त गरिएको जिकिरसहित गाहामगरले एनआरएनए अध्यक्ष कुल आचार्य, कार्यकारी अध्यक्ष रबिना थापा, अर्का अध्यक्ष बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल र गौरीराज जोशी तथा एनआरएनए आइसीसीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् ।

गाहागमरले आफू विधानसम्मत अध्यक्ष निर्वाचित भएको तर एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यको निर्देशनमा अवैधानिक रुपमा पदबाट वर्खास्त गरेको भन्ने पत्र पठाएर अपमानित, मानहानी र बेलायतको नेपाली समुदाय विभाजित गरेको भनि गत ५ मार्चमा नेपाल आएर मुद्दा हालेका थिए ।

आफ्नो पद पुनर्वहाली गर्न गाहामगरको माग छ । पूर्वाग्रही ढंगले विधान विपरित काम गरेर एनआरएनए संस्थालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गरिएपछि मुद्दा हाल्न वाध्य भएको गाहामगरले बताए ।

गाहामगरले राष्ट्रिय समिति बेलायतको पब्लिक फण्डबाट संकलित झण्डै ४० हजार पाउण्ड केन्द्रले खाएको, आर्थिक अनियमितता गरेको, अध्यक्ष कुल आचार्यको निर्देशनमा महासचिवद्धयले नक्कली प्रतिवेदन बनाएर आफूलाई अपमानित एवं समाजमा भ्रम फैलाएको एवं बेलायतको एकत्रित समाजलाई भांडेको जिकिर गरेका छन् ।

निवदेकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे, रामेशोर न्यौपाने र रोशनी पौडेलले वहस गरेपछि उच्च अदालत पाटनले गत फागुन २३ मा विपक्षीका नाममा उत्प्रेषण परमादेश जारी गर्दै निवेदक गाहामगरको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने ? जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत राखी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

केन्द्रमा मुद्दा दायर भएसंगै यसले गैर आवासीय नेपालीमाझ तरंग पैदा गरेको छ । गाहामगरले आफू परिआए उच्च अदालतबाट सर्वोच्चसम्म जान पछि नहट्ने चेतावनी समेत दिएका छन्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!