इस्लामावाद, पाकिस्तान । भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ जेलभित्र बिरामी भएको एक पाकिस्तानी मन्त्रीले आइतबार बताएका छन् ।
शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उनीहरूले बेलायतमा अवैध रूपमा सम्पत्ति जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान सुरु गरिएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृहमन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भने, ुपूर्वप्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।ु शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ ।






