एजेन्सी ३१ मार्च २०२३ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ ।
म्यानहटन ग्राण्ड ज्यूरीले ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि एक पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको अनुसन्धानमा आरोप पुष्टि भएपछि ट्रम्पविरुद्ध आपराधिक अभियोगको मुद्दा चल्ने भएको हो ।
उनीविरुद्ध अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको जनाइएको छ । ७६ वर्षीय ट्रम्पले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएका छन् । तर यो मुद्दा चले आगामी वर्ष अमेरिकी राष्ट्रपति पदमा पुनः उम्मेदवार बन्न लागेका ट्रम्पको योजनामा धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।
उनीविरुद्धको मुद्दामा आत्मसमर्पण नगरे प्रहरीले पक्राउ गर्न सक्ने जनाइएको छ ।






