नागरिकता विधेयक फेरि संसद्‌मा लगी छिटो पारित गराउन गृहमन्त्री श्रेष्ठलाई एनआरएनएको आग्रह

SHARE:

काठमाडौं १ अप्रिल २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकलाई फेरि संसद्‌मा लगेर छिटो पारित गराउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेको छ ।

शुक्रबार गृह मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री श्रेष्ठ शनिबार भेटेर संघको तर्फबाट बधाई तथा शुभकामना दिँदै नागरिकता विधेयकलाई फेरि संसद्‌मा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का निवर्तमान अध्यक्ष कुल आचार्यले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटपछि निवर्तमान अध्यक्ष आचार्यले भने, ‘मैले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नमा भइरहेको ढिलाइले संसारभरि रहेका गैरआवासीय नेपालीहरूलाई चिन्तित तुल्याएको, नेपालबाट पुँजी पलायन भइरहेको र विदेशी लगानी भित्र्याउन पनि बाधा पुगिरहेको बताएँ । उक्त विधेयकलाई फेरि संसद्‌मा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह पनि गरें ।’

उपप्रधानमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देशभित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउँदै नागरिकता विधेयकलाई छिटोभन्दा छिटो अगाडि अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेको निवर्तमान अध्यक्ष आचार्यले जानकारी गराएका छन् । त्यस्तै नेपालको विकास र समृद्धिका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई एक साझेदारको रुपमा हेरेको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!