आइपिएल क्रिकेटमा पञ्जाब किंग्सको विजयी सुरुवात

SHARE:

एजेन्सी १ अप्रिल २०२३ ।

इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ ।

शनिबार सम्पन्न खेलमा पञ्जाबले कोलकोता नाइट राइडर्सलाई डक वर्थ लुइस नियम अनुसार ७ रनले पराजित गरेको हो । पञ्जाब्ले दिएको १९२ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि डिएल मेथडअनुसार पञ्जाब ७ रनले विजयी भएको थियो ।

कोलकोताका लागि आन्द्रे रसेलले ३५, वेंकटेश अय्यरले ३४, कप्तान नीतिश राणाले २४ र रहमनुल्लाह गुर्बाजले २२ रन बनाएका थिए । त्यस्तै, पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने साम कुरान, नाथन इलिस, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

पञ्जाबका लागि भानुका राजपक्षेले ५० रन बनाए भने कप्तान शिखर धवनले ४०, साम करणले अविजित २६ रन बनाएका थिए । त्यस्तै, ओपनर प्रभिसिमरन सिंहले २३, जितेस शर्माले २१, सिकन्दर राजाले १६ रन र शाहरुख खानले अविजित ११ रन बनाए । त्यसैगरी, कोलकोताका बलर टिम साउथीले २ विकेट लिए भने उमेश यादव, सुनिल नारन र वरुण चक्रवर्तीले एक एक विकेट लिए । योजितपछि पञ्जाबले २ अंक हासिल गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!