कास्कीको ल्वाङगाउँमा चैते दसैं मेला सुरु

SHARE:

पोखरा ६ अप्रिल २०२३ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित ल्वाङगाउँमा चैते दसैं मेला सुरु भएको छ ।

स्थानीय क्षेत्रमा सक्रिय ग्रीन हिल क्लब ल्वाङको आयोजनामा २९ औं संस्करणको चैते दसैं मेला सुरु भएको हो । मेला बुधबार एक समारोहबीच प्रमुख अतिथि गण्डकी प्रदेशको सांसद गणेशमान गुरुङ, विशेष अतिथि माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङलगायतले उद्घाटन गरेका हुन् ।

क्लबका सभापति सुजन गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि र गाउँले आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्तिथिमा थियो । कार्यक्रममा मर्दीखोला समाज यूकेका सदस्यहरु, मर्दिखोला समाज हङकङका सदस्यहरु, स्थानीय व्यवसायी तथा गाउँले, गाउँका चेलीबेटी साथै अन्य व्यक्तिहरुले मेला व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।

यस्तै सिधा फोन प्रालि, फस्ट स्टेप यूनी कन्सल्टटेन्सीले पनि सहयोगस्वरुप ग्रीन हिल क्लबलाई जर्सी प्रदान गरेका सञ्चालक   एस के गुरुङ ले जानकारी दिएका छन् । चैत २५ गतेसम्म चल्न मेलामा मुख्य आकर्षण भलिबल प्रतियोगता रहेको छ ।

खेलकुदअन्तर्गत खुला अन्तर गाउँस्तरीय पुरुष भलिबल, खुला क्लबस्तरीय महिला भलिबल खेलाइनेछ । पुरुष भलिबलमा प्रथमले ७५ हजार, द्वितीयले ५० हजारसहित शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछ । यसतै महिला भलिबलतर्फ प्रथमले २५ हजार र द्वितीयले १५ हजारसहित शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

यस्तै रस्सी तान्ने (पुरुष) र महिला, घैंटो फुटाई, छेलो फाल्ने, मेच घुमाई (महिला), बेलुन फुटाई (बालबालिका), खुला सामूहिक नृत्य प्रतियोगिता हुनेछन् । खेल शहीद हरिप्रसाद स्मृति खेल मैदान ल्वाङ-८ कास्कीमा जारी छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!