
मगर संघ युकेको साधारण सभा सम्पन्न
०९ अप्रिल २०२३ – बेलायत। मगर संघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ।
बार्षिक साधारण सभाको पहिलो चरणमा, मगर संघ युकेका महासचिब गुमान सिङ थापाले आपतकालीन अबस्थाको बारेमा सुचना दिदै उपस्थित सम्पूर्ण महानुभाबहरुलाई आसन ग्रहण गराएका थिए। आसन ग्रहणपश्च्यात संस्थाका बर्तमान अध्यक्ष सिता पुन र संस्थापक अध्यक्ष थर्क रानाले संयुक्तरुपमा दिप प्रज्वलन गरि बार्षिक साधारण सभा सुभारम्भ गरेका थिए। बार्षिक साधारण सभामा नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाएपछी बेलायतमा दिबंगत सम्पूर्ण मगर तथा गैर मगरहरुको संझनामा दुइ मिनेट मौनधारण गरिएको थियो।
बार्षिक साधारण सभाको दोस्रो चरणमा संस्थाका महासचिब गुमान सिङ थापाले बर्षभरी संस्थाको तर्फबाट बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुमा मगर संघ युकेका अध्यक्षलगायत कार्यसमितिहरुले सहभागिता जनाएको संघ-संस्थाहरुको सुची प्रस्तुत गर्दै मगर संघ युकेका बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बार्षिक साधारण सभामा संस्थाको तर्फबाट कोषाध्यक्ष मोहन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने हाउजिङ्ग कोषाध्यक्ष थम रोकाले प्रस्तुत गरेका थिए। उक्त बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र हाउजिङ प्रतिवेदनको बारेमा ब्यापक छलफल गर्दै सम्पूर्ण प्रतिवेदनहरु सर्बसम्मतबाट पारित भएको छ।
बार्षिक साधारण सभामा संस्थाका ट्रस्टी क्याप्टेन तम बहादुर धेगामगर र उनको टिमले मगर संघ युकेको अडिट रिपोट प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको अडिट रिपोट अनुसार सानोटिनो कुराहरु सुधार गर्नुपर्ने सुझाब दिदै मगर संघ युकेको आर्थिक चुस्त र दुरुष्ट रहेको बताएका छन । त्यस्तै मगर मास्टर डिग्री तथा पीएसडी अक्षयकोषको नेपाल संयोजक मेजर कृष्ण कुमार आलेले नेपालमा रहेको मगर मास्टर डिग्री तथा पीएसडी अक्षयकोषको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। मगर मास्टर डिग्री तथा पीएसडी उपर उठेका प्रश्नहरुको सहजीकरण पनि मेजर आलेले गरेका थिए।
बार्षिक साधारण सभाको तेस्रो चरणमा मगर संघ युकेका रेडिङ्ग शाखाका अध्यक्ष सोब रेगामीमगर, केन्ट शाखाका अध्यक्ष क्याप्टेन नानीबाबु मगर, UHSB शाखाका अध्यक्ष ऋषिराम राना, वेम्बली शाखाका अध्यक्ष गंज आले, प्लम्स्टेड शाखाका अध्यक्ष दल प्रसाद थापा, वेस्ट लन्डन शाखाका अध्यक्ष लोक बहादुर थापा र वेल्स शाखाका अध्यक्ष महादेव थापा, युथ समितिका अध्यक्ष अनिल थापालगायतले आ-आफ्नो शाखाको प्रतिवेदनहरु प्रस्तुत गरेका थिए।
बार्षिक साधारण सभाको चौथो चरणमा मगर संघ युकेका नयाँ ट्रष्टीहरुको चयन भएका छन नयाँ ट्रष्टीहरुमा क्याप्टेन राम पुन, हेमा राना, जमुना पुन र चयन भएका छन। त्यस्तै ६ बर्षको ट्रष्टी कार्यकाल पुरा गरेर बिदा हुने ट्रष्टीहरुलाई खडा र प्रमाणपत्रले सम्मान गर्दै बिदा गरेका थिए। बिदाहुने ट्रष्टीहरुमा मेजर सन्त पुन, राजेन राना र गोमा राना थिए। सो बार्षिक साधारण सभामा मगर संघ युकेका अध्यक्ष “एयर अफ द २०२२/२०२३ कार्यसमिती अवार्ड” पुरुषतर्फ महासचिब गुमान सिङ थापा र महिलातर्फ सहकोषाध्यक्ष सरला रोकामगर सम्मानित भएका छन।
बार्षिक साधारण सभामा मगर संघ युकेका बिधान समितिका संयोजक क्याप्टेन राम पुनले बिधान संसोधनका बुंदाहरु नआएको बताएका थिए । सो बार्षिक साधारणमा सभामा महासचिब गुमान सिङ थापाले मगर भवनको हालसम्म भएको गतिबिधि, भवन तला थप्नको लागि प्लानिङ पर्मिशन प्राप्त भएको कुरा अबगत गराएका थिए। अन्त्यमा बार्षिक साधारण सभामा बिबिध बिषयमा उठेका बिभिन्न प्रश्नहरुको सहजीकरण संबन्धित व्यक्तिहरुले दिएका छन।
मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको कार्यक्रममा संस्थाको बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने महासचिब गुमान सिङ थापाले संचालन गरेका थिए। लाल पुनले स्वागत मन्तब्यको दौडानमा नेपाली ओपन कन्सर्टको टिकट डर, स्टल शुल्क, कलाकारहरु र कार्यक्रमको बारेमा जानकारी दिएका थिए। कार्यक्रमको बार्षिक साधारण सभामा संस्थाका संथापक अध्यक्ष, निबर्तमान अध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, साखाका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, युथ कमिटिका अध्यक्षलगायत बिभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो।









