नेपाली ओपन कन्सर्टको लागि प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आउदै

SHARE:

नेपाली ओपन कन्सर्टको लागि प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आउदै

०९ अप्रिल २०२३ – बेलायत। बिगतका बर्षहरुमा झैँ मगर संघ युकेले संचालन गर्दै आएको नेपाली ओपन कन्सर्टको लागि प्रेसमिड अल्डर्सटस्थित द प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ।

यस बर्ष नेपाली ओपन कन्सर्ट सनिवार १३ मे २०२३ को दिन बेलायतको फार्नबोरोस्थित फार्नबोरो फुटबल कलबमा संचालन हुने भएको छ। उक्त नेपाली ओपन कन्सर्टको लागि मगर संघ युकेको निमन्त्रणामा नेपालबाट लोकप्रिय कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आउने भएको छ ।

बेलायत आउनको लागि कलाकारहरुको भिसा लागिसकेको र ओपन कन्सर्टको लागि सम्पूर्ण तयारी सम्पन्न भैसकेको कुरा ओपन कन्सर्टका प्रमुख संयोजक तथा मगर संघ युका बरिष्ठ उपाध्यक्ष लाल बहादुर (लालु) पुनले प्रेसमिडमा अबगत गराएका छन।

उक्त प्रेसमिडमा ओपन कन्सर्टका संयोजक होम रोकाले मगर संघ युकेले संचालन गर्दै आएको नेपाली ओपन कन्सर्टको इतिहाँस, उद्धेश्य, जिम्मेवारी बाँडफांड, टिकट दर र राखिने स्टलहरुको बारेमा जानकारी दिएका थिए। उनले ३ सय भन्दा बढी अतिथि र ५ हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष राखिएको अबगत गराएका छन। एड्भन्स टिकटका दर: प्लटुनियम टिकट £१००, भिआइपी टिकट £५०, बयस्क टिकट £२५ र जेष्ठ नागरिक तथा १२ बर्ष देखि १६ बर्ष सम्मका बालबालिकालप लागि £२० राखिएको जानकारी दिएका छन। टिकटहरु www.magaruk.org मा भिजिट गरेर पीडिएफ तथा QR Code लिन सकने ब्यबस्था गरिएको पनि जानकारी दिएका छन।

प्रेसमिडमा पत्रकारहरुले ओपन कन्सर्टबाट मुनाफा रकम केका लागि कहाँ खर्च गरिन्छ? सुरक्षा बन्दबस्त, पार्किङ ब्यबस्थापन, टिकट दर, अनलाइन खरिद व्यवस्थालगायत स्थानीय कलाकारहरुको सहभागिताको बारेमा प्रश्नहरु उठाएका थिए । पत्रकारहरुले सोधिएका बिषयहरुको जवाफ दिदै तथा सहजीकरण गर्दै मगर संघ युकेका अध्यक्ष सिता पुन, प्रमुख संयोजक तथा बरिष्ठ उपाध्यक्ष लालु पुन, संयोजक होम रोका र सांस्कृतिक सचिब सरु राना (तान्याङ) ले गरेका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुनको अध्यक्षतामा संचालित प्रेसमिडको स्वागत मन्तब्य प्रमुख संयोजक तथा बरिष्ठ उपाध्यक्ष लालु पुनले दिएका थिए भने कार्यक्रम संचालन संस्थाका महासचिब गुमान सिङ पुनले गरेका थिए। प्रेसमिडमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेका अध्यक्ष गोमा राना, सितलपाटी न्यूजका सम्पादक तथा सेवानिवृत्त डिएसपी बाचस्पति रेग्मी, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एभरेष्ट टाईम्स युकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङ, सह-सम्पादक जमुना पुन र अनलाइन प्रमुख सविन्द्रकुमार (एसके) गुरुङको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!