नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

SHARE:

काठमाडौँ । बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्‍यो ।

वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए । यसअघि ब्याटिङ गर्दै एमसीसीका लागि कप्तान माहेला जयवद्र्धनेले अविजित २४ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले दुई तथा शक्ति गौचनले एक विकेट लिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!