ढाकाकुमारलाई निष्काशन गरी विन्दबासिनीलाई सांसद बनाउने रास्वपाको निर्णय

SHARE:

काठमाडौं १२ अप्रिल २०२३ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ।

रास्वपाको आज बसेको बैठकले उनको सांसद पद खारेज गर्ने र खाली हुने सांसद पदमा विन्दबासिनी कंसाकारलाई चयन गर्ने निर्णय गरेको छ।
श्रेष्ठले आफू मन्त्री बन्न पार्टीमा रकम बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडिओ बाहिरिएपछि बुधबार रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।

पार्टी बैठकमा श्रेष्ठले रकम मागेको अडियो आफ्नो नभएको दावी गरेको बैठकपछि पत्रकारहरूसँग रास्वपा सभापति रवि लामिछानेले बताए। आफूलाई फसाउन योजनाबद्ध रुपमा चुनावको छेक पारेर सम्पादित अडिओ बाहिर ल्याइएको दाबी उनले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!