म्यानमारमा सेनाले गरेको हवाई हमलामा परी १ सय बढीको मृत्यु

SHARE:

एजेन्सी १२ अप्रिल २०२३ ।

म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।

सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो । सागिङ क्षेत्रको आकाशमाथि परिक्रमा गरेको जेट विमानले बम हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्यानमारको सैन्य शासनको विरोध गर्नेहरुको बाहुल्य रहेको सागिङ क्षेत्रलाई लक्षित सेनाले आक्रमण गर्दा सोही क्षेत्रका बासीन्दाबीच भागदौड समेत मच्चिएको थियो ।

सोही क्षेत्रका स्थानीयले सेनाको बिरोधमा आवाज उठाउने गरेको र आफ्नै स्वइच्छाले मिलिसिया खडा गरी विद्यालय र क्लिनिक सञ्चालन गर्दै आएपछि सेनाको निशानामा परेको हो । म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि समय समयमा विपक्षी विरुद्ध हवाई र स्थलगत रुपमा आक्रमण गर्ने गरेका छन् ।

सेनाको ज्यादती विरुद्ध स्थानीयले यत्रतत्र छरिएका शवको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । यसैबीच संयुक्त राष्ट संघले घटनाको निन्दा गर्दै हवाई आक्रमणको घटना निन्दनीय भएको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!