कोशी नामाङकरण खारेजीको आन्दोलनका सहिद लाजेहाँङको परिवारलाई रु ५ लाख हस्तान्तरण

SHARE:

काठमाडौं १२ अप्रिल २०२३ ।

कोशी नामाङकरण खारेजीको आन्दोलनका सहिद पदम लिम्बु लाजेहाँङको परिवारलाई ५ लाख नेपाली रुपैयां आज हस्तान्तरण गरिएको छ ।

सहिद लाजेहाँङप्रति सम्मान गर्दै युकेमा संकलित सो रकम आज मोरङको बेलबारी २ लालभित्तिमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । प्रदेश न १ पुन नामाङकरण संयुक्त समितिको आन्दोलनलाई उर्जा मिलोस र सहिद लाजेहाँङको परिवारमा थोरै भएपनि सहानुभूति र सहिद प्रति सम्मान ब्यक्त गर्दै शुरु गरेको अभियानमा ९६ जना दाताहरुबाट ३,७३० पाउण्ड संकलन भएको विश्वासदीप तिगेलाले जानकारी दिएका छन् ।

उक्त रकमलाई नेरुमा रुपान्तरण गर्दा नेरु ६,०१,९४९ भएको त्यस मध्ये १ लाख सघर्ष समितिलाई हस्तान्तरण गरिएको बताइएको छ । कार्यक्रममा कुमार लिंगदेन मिराक र जेन्टल लावती लगायतको उपस्थिती रहेको थियो । गत चैत ५ गते विराटनगरमा नामाकरणको विषयमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट ४२ वर्षीय लिम्बुको मृत्यु भएको थियो ।

प्रदेश नं. १ को नामकरण छलकपटपूर्ण रुपबाट कोशी राखिएको भन्दै यूकेमा रहेका दर्जनौ संगठन आन्दोलित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!