भारतमा बस दुर्घटना, १३ जनाको मृत्यु

SHARE:

एजेन्सी १५ अप्रिल २०२३ ।

भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ । यसरी मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

बसमा ४० देखि ४५ जना यात्रु सवार रहेका थिए । उद्धार दलका अनुसार बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी रहेको छ । घाइते यात्रुको खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!