प्रधानमन्त्री प्रचण्डद्वारा आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदले लिए शपथ

SHARE:

काठमाडौं १६ अप्रिल २०२३ ।

परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् । साथै नन्दा चपाईंले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्। उनी नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योसँगै आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि उनले चैत १७ गते मन्त्रिमण्डल विस्तार गरेका थिए। अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!