ब्रिगेड ब्वाइजलाई १४ औं यलम्बरहाङ कप

SHARE:

 

नगेन्द्र नेम्वाङ
लन्डन १५ अप्रिल २०२३ । किरात याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित १४ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइजले जितेको छ । गत शनिबार फेल्थाममा भएको फाइनल खेलमा बेजिङ्स्टोक नेपालीज युथ क्लब (बीवाईएनसी)लाई पेनाल्टीमार्फत २-३ गोल गर्दै ब्रिगेड ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो । एचजीवाईएनसी टिमबाट इमरानले सर्वाधिक गोल गरे भने बीवाईसीबाट निङ्गोनी उत्कृष्ट खेलाडी छानिए । विजय टिमलाई यलम्बरहाङ कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्रदान गरिएको थियो ।

मेन टिम, भेटेरेन र सुपर भेटेरेन समूहमा खेलाइएको प्रतिगितामा सुपर भेटेरेन समूहमा धरान एफसी विजेता बन्यो भने पोखरा युनाइटेड रनरअप भयो । उक्त खेलमा टप स्कोरर धरान एफसीका होम सुनुवार भए भने उत्कृष्ट खेलाडी पनि धरान एफसीका बासु गुरुङ छानिए । भेटेरेन समूहमा ड्याडिज् एफसी विजेता र धरान-११ उपविजेता बने । उक्त प्रतिस्पर्धामा टप स्कोरर अनिल शाहीले गरे भने उत्कृष्ट खेलाडी सबिन राई छानिए । प्रतियोगितामा जम्मा ३२ टिमले भाग लिएका थिए ।

 

प्रमुख अथिती गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)का अध्यक्ष प्रेम गाहामगरलाई लिम्बूहरुको लोकप्रिय च्याब्रुङ नृत्य प्रदर्शन गरी स्वागत गरिएको थियो । फुटबल प्रतियोगिता सफल पार्न उपाध्यक्ष अमृता पालुङ्वा, सहसचिव सानु सुब्बा, समाजसेवीहरू नन्दाशोभा लावती नेम्वाङ, बिना येकतिन, गौरीमाया इवा, सचिव सानु सुब्ब खटिएका थिए ।

प्रतियोगितामा अथितीहरु किरात राई यायोक्खाका अध्यक्ष योगेशकुमार राई ,पाँचथर समाज सेवा यूकेका पूर्वअध्यक्ष चन्द्र सुन्दास, सुनुवार समाज यूकेका अध्यक्ष मनोजकुमार सुनुवार, नेपाल आदिवासी जनजाति महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबो, समाजसेवि नरकुमारी लिम्बू माङ्गेना चुम्लुङ यूकेका संस्थापक अध्यक्ष कमला लिम्बू, नेपालबाट आएका चर्चित कलाकार गायिका सुनिता थेगिम, कलाकार रजनी गुरुङ, गायक कमल खत्रीको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा चुम्लुङ यूकेले गायिकद्वय सुनिता र रजनीलगायत गायक खत्रीलाई खादा ओढाइ प्रशंसापत्रसहित सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अथिति मगरले शुभकामना मन्तव्य राखेका थिए भने प्रतियोगिता संयोजक उपाध्यक्ष खगेन्द्र लावतीले खेलाडी, दर्शक, अथिति सबै जनालाई धन्यवाद व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम सन्चालन महासचिव जुरेन्द्र खजुमले गरेका थिए भने प्रतियोगिता सन्चालन उपाध्यक्षद्वय यदुचन्द्र लावती, खगेन्द्र लावती र कोषाध्यक्ष दिपेन्द्र याक्सो र समाजसेवी भगिरथ जबेगुले गरेका थिए ।

संस्थाका अध्यक्ष नरबिर आङ्बोले उपस्थित सम्पूर्ण खेलाडी, दर्सक, प्रतियोगिता सन्चालनमा खटिएका भोलेन्टियर्स कार्यसमिति सबैलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!