नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुन्छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २० अप्रिल २०२३ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुने बताएका छन् ।

बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा सत्ता गठबन्धन दलहरुद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले नागरिकता समस्या मधेशको मात्र नभई समग्र देशको समस्या भएको बताए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिता समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले अब छिट्टै पुनः दुवै सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए।

प्रधानमन्त्री दाहालले निजगढ विमानस्थल चाँडै शिलान्यास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!