एसीसी कप क्रिकेटमा नेपालको जित, ओमान ८४ रनले पराजित

SHARE:

काठमाडौं २१ अप्रिल २०२३ ।

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो । नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६।३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिएका थिए भने दिपेन्द्रसिंह ऐरी २ र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!