नेपालमा चितवन, बारा र तनहुँमा उपनिर्वाचनको मतदान जारी

SHARE:

काठमाडौं २३ अप्रिल २०२३ । नेपालमा तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ ।

तनहुँ क्षेत्र नं १, बारा–२ र चितवन २ मा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवार छन् ।

तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् ।

बारा क्षेत्र नं २ मा कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

चितवन क्षेत्र नं २ मा एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!