चितवन-२ बाट रवि लामिछाने विजयी

SHARE:

चितवन २५ अप्रिल २०२३ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले चितवन–२ बाट फेरि निर्वाचित भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । नागरिकता विवादमा दोषी देखिएपछि उनको सांसद पद खारेज भएको थियो । उनकै कारण चितवन २ मा उपनिर्वाचन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!