भारतमा माओवादीले आक्रमण गर्दा १० सुरक्षाकर्मीको मृत्यु

SHARE:

एजेन्सी २७ अप्रिल २०२३ ।

भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा माओवादीले आक्रमण गर्दा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सोही आक्रमणमा परी एक सवारी चालकको मृत्यु भएको हो । मृत्यु भएका जवानहरू डिस्ट्रिक्ट रिजर्भ गार्ड डीआरजीका रहेको जनाइएको छ । प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी रहेको खबर पाएपछि नक्सल विरोधी अभियानका लागि दन्तेवाडाबाट डीआरजी फोर्स पठाइएको थियो ।

माओवादी विरुद्धको अपरेशन सकेर फर्कने क्रममा अरनपुर सडकमा संदिग्ध माओवादीले बम विष्फोट गराएको थियो । जसका कारण अपरेशनमा संलग्न डीआरजीको गाडीलाई ठक्कर दिएको थियो । त्यसक्रममा १० जवान र गाडी चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त क्षेत्रमा खोजी कार्यका लागि थप जवानहरु पठाइएको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!