एजेन्सी १ मे २०२३ ।

सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गरेका हुन् ।
महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएका प्रवक्ता स्टेफन दुजारिकले बताए ।
संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताए ।
तथापि, मानवीय कार्यालयहरू र गोदामहरूमा भएको ठूलो लुटपाटले ‘हाम्रा अधिकांश आपूर्तिहरू नष्ट गरिदिएको थियो । थप सामग्री ल्याउन र वितरण गर्न तत्काल उपायको खोजी गरिरहेका छौं,” उनले भने ।
गत अप्रिल १५ मा भएको हिंसात्मक झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने दशौँ हजार मानिस आफ्नो घर छोडेर देश भित्र वा विदेशमा सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।“सुडानमा तीव्र गतिमा बिग्रँदो मानवीय सङ्कटलाई मध्यनजर गर्दै ग्रिफिथ्सको त्यसतर्फ जान लागेको गर्दै प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानका लागि राष्ट्रसङ्घीय प्रतिनिघिले तत्काल यस क्षेत्रको भ्रमण गर्नेछन ।”
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानमा जुन परिमाणमा मानिसहरू हताहत भएका छन् त्यो अकल्पनीय छ । “हामी निकै चिन्तित छौं ।”
ग्रिफिथ्सका अनुसार परिवारहरू पानी, खाद्यान्न, ईन्धन र अन्य वस्तुहरू प्राप्त गर्न संघर्ष गरिरहेका छन्, केहीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट बाहिर ढुवानीको लागतको कारण स्थानान्तरण गर्न असमर्थ छन् ।
सुडानको बन्दरगाहमा पाँच कन्टेनर इन्ट्राभेनस फ्लुइड र अन्य आपतकालीन सामग्रीहरू अधिकारीहरूको स्वीकृतिको पर्खाइमा राखिएको उनले बताए ।






