दार्चुलामा हिमपहिरोमा परी पाँच जना बेपत्ता,

SHARE:

काठमाडौं २ मे २०२३ ।

दार्चुलामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।

व्यास गाउँपालिका–१ भोलुम भन्ने ठाउँमा हिमपहिरो जाँदा पाँच जना यार्सा सङ्कलक पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

हिमपहिरोमा परेर यार्सा सङ्कलक बेपत्ता भएको खबर आएपछि सितापुल प्रहरी चौकीबाट गएको प्रहरी टोली तीनरचार घण्टापछि केहीबेरअघि मात्र घटनास्थल पुगेको प्रहरी निरीक्षक सिंहले बताए । १२ जना यार्सा सङ्कलक पालमुनि बसेको बेला एक्कासी हिमपहिरो आउँदा सात जना भने सकुशल रहेका उनले जानकारी दिए । बेपत्ता पाँच जनाको खोजी भइरहेको छ ।

घटनास्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताहरूको खोजीमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । सकुशल भेटिएकाहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!