नेपाली कलाकार प्रस्तोता समाज, युकेको आयोजनामा “नेपाली नयाँ वर्ष सांस्कृतिक साँझ” कार्यक्रम सम्पन्न

SHARE:

लण्डन २ मे २०२३ ।

नेपाली कलाकार प्रस्तोता समाज, वेलायतको आयोजनामा “नेपाली नयाँ वर्ष सांस्कृतिक साँझ” कार्यक्रम सम्पन्न भएको छ ।

गत शनिवार २९ अप्रिल २०२३ का दिन आश्फोर्ड केन्ट स्थित सेन्ट साईमन हलमा नेपाली नयाँ वर्ष २०८० को उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष जानुका पुन ले गरेकी थिइन भने प्रमुख अतिथिमा सगरमाथा गोरखा नेपाली समाज आश्फोर्डका अध्यक्ष डम्मर सिंगक रहेका थिए त्यस्तै विशेष अतिथिमा नेपालबाट भर्खर वेलायत आएका बरिष्ठ संगीतकार गणेश गुरुङ र अतिथिहरुमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रममा बोल्दै संस्था कि अध्यक्ष पुनले संस्थाको उदेस्यहरु बारे प्रष्ट पार्दै वेलायतमा रहेका नेपाली कलाकारहरुलाई एकबद्द पारेर अगाडी बढ्ने, नेपाली कला संस्कृतिलाई मझबुद ढंगले स्थापित गराउदै अगाडी बढाउदै लैजाने र वेलायतमा रहेका कलाकारहरुको प्रतिभालाई प्रस्फुटन गर्ने मंच उपलब्ध गराउने उदेस्य रहेको बताइन् प्रमुख अतिथि सिंगकले कलाकारहरुका काम र योगदान बारे खुलेर प्रसंशा गर्दै यस्ता खाले कार्यक्रमहरु आगामी दिनहरुमा अझै धेरै आयोजना भईरहनु पर्ने बिचार पनि ब्यक्त गरे ।

संस्था कि अध्यक्ष, प्रमुख अतिथि र अतिथिहरुको हातबाट संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा बिभिन्न ३३ जना कलाकारहरुले जोडदार रुपमा गायन र नृत्य प्रस्तुत गरी हलमा उपस्थित दर्शकहरुलाई लगातार ४ घन्टा करिब रातको ११ बजे सम्म भरपुर मनोरंजन दिलाएका थिए ।

कार्यक्रमको औपचारिक सेशन संस्थाका सचिव गायक तथा संगीतकार गंगा राज राईले संचालन गरेका थिए भने मनोरंजनात्मक कार्यक्रम चर्चित कार्यक्रम प्रस्तोता शरुपा थापा मगरले संचालन गरेकी थिईन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!