गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

SHARE:

काठमाडौं ४ मे २०२३ ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।

आज दिउँसो बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिएका हुन् । आजको बैठकमा जम्मा उपस्थित सांसद संख्या ५९ रहेको र मुख्‍यमन्त्री पाण्डेको पक्षमा ३५ मत परेको र विपक्षमा २२ मत परेको र मत दिन्नँ भन्ने पक्षमा २ मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादी एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् ।

प्रदेश सकारमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी विनाविभागीय छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!