टी–ट्वान्टी नेपाल कप सिंगल सुपर किंग्सको हातमा

SHARE:

एटा संवाददाता
रेडिङ्ग । पोखरेली मञ्च युकेद्वारा आयोजित टी–ट्वान्टी ‘नेपाल कप’ सिंगल सुपर किंग्सले हात पारेको छ ।

गत १५ जुलाई र २२ जुलाईमा रेडिङ्गस्थित रेडिङ्ग किक्रेट क्लबमा सम्पन्न दुई दिने क्रिकेटको उपविजेता हिमालयन सिसी र नवयुवा क्लबले तेस्रो स्थान हासील गरेका थिए । प्रतियोगितामा सिंगल सुपर किंग्सका रमेश गुरुङ बेस्ट बलर, हिमालयन सिसीका सविन राना बेस्ट ब्याट्समेन र हिमालयन सिसीकै प्रकाश गुरुङ स्टार अफ दि टुर्नामेन्ट बन्न सफल भएका छन् ।

कार्यक्रममा पहिलो बिजयी टिमका खेलाडीहरुलाई रामबजार सोसाईटी युकेका अध्यक्ष जुमकाजी गुरुङले ८०० पाउन्ड नगद, रनिङ्ग शिल्ड, मेडल र प्रमाण पत्रहरु प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता टिमका खेलाडीहरुलाई पीपल मोर्गेजेजका प्रबन्ध निर्देशक सूर्य गुरुङले नगद ५०० पाउन्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । खेलका तेस्रो विजयी टिमका खेलाडीहरुलाई बि एण्ड सी ग्रोशरी बेजिङ्गस्टोकका बल थापाले ३०० पाउन्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, स्टार अफ दि टुर्नामेन्ट बन्न सफल प्रकाश गुरुङलाई विष्णु खरेलले १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । बेस्ट ब्याट्समेन बन्न सफल सविन राना र बेस्ट बलर बन्न सफल रमेश गुरुङलाई डि एण्ड जे हिटिङ्ग एण्ड प्लमविङ्गका धनु थकालीले ५०/५० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

गत १५ जुलाईका दिन एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले उद्घाटन गरेको कार्यक्रममा पहिलो पुरस्कारका प्रायोजक रामबजार सोसाइटी युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा कार्यसमिति, दोस्रो पुरस्कारका प्रायोजक सूर्य गुरुङ, तेस्रो पुरस्कारका प्रायोजक बल थापा, प्रायोजक विष्णु खरेल र धनु थकालीलाई आयोजक मञ्चले धन्यवाद प्रकट गरेको छ । त्यस्तै, आप्mनी ममतामयी आमा भद्र शिला पुनको सम्झनामा प्रायोजन गर्दै आएको नेपाल कपको च्याम्पियनसिप रनिङ्ग शिल्डका प्रायोजक पोखरेली मञ्च युकेका संस्थापक अध्यक्ष क्या.रि. चन्द्रबहादुर पुन, राजमाया पुन, सरिता पुन तथा परिवार, भीम पुन तथा परिवारलाई आयोजक मञ्चले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।

बेलायतमा रहेका क्रिकेट खेलप्रेमी, समाजसेवी र मञ्चका शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगितमा राफल ड्र समेत खेलाइएको थियो । सो राफल ड्र पार्न सफल व्यक्तिलाई हङकङका भीम पुनले १ तोला सुनको प्रायोजन गरेका थिए ।

नेपाल दूतावास लन्डनका सेकेण्ड सेक्रेटरी लब सुवेदीको विशेष उपस्थितिमा सम्पन्न दोस्रो दिनको खेलमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका अध्यक्ष मिन (साइँला) गुरुङ, रेडिङ्ग नेप्लिज सोसाइटीका अध्यक्ष रामकाजी कोने गुरुङ, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष कृष्ण रेग्मी, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, ले.रि. चन्द्रबहादुर गुरुङ, एनआरएनए उपाध्यक्ष पुनम गुरुङ, बगर भाइखलकका अध्यक्ष चन्द्रमान गुरुङ, नेपाल मुक्तक प्रतिष्ठानका डा. रुपक श्रेष्ठ, इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डका ग्रोथ मेनेजर मोहमद अरिफ र नेपालबाट आएका नेपाली क्रिकेट टिमका टिम मेनेजर जगत टमटा र कप्तान पारस खड्कालगायत खेलाडीहरुको विशेष उपस्थिति रहेको थियो ।

पोखरेली मञ्च युकेले हालै दस वर्ष पूरा गरेको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले संयुक्त रुपमा केक काटेर दसौं वार्षिकोत्सव समेत मनाइएको थियो । खेलमा हिमालयन क्रिकेट क्लब, एकीकृत युवा सिसी, नवयुवा सिसी, रमाइलो क्रिकेट क्लब, इन्भिक्टा क्रिकेट क्लब र सिंगल सुपर किंग्स् नामक क्लबहरुले भाग लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!