सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

SHARE:

काठमाडौं ५ मे २०२३ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक जना सांसदले जानकारी दिएका छन् । आजको बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य र सांसदहरूले अहिले धेरै दल मिलेर बनेको सरकारमा दुईरचार वटा मन्त्रालय लिएर जाँदा काम गर्न अप्ठेरो हुने र पार्टीप्रतिको लोकप्रियता कम हुने धारणा राखेका थिए ।

सरकारमा गएमा गठबन्धन बचाउनका लागि प्रचण्ड नेतृत्वको सरकारले गर्ने गलत निर्णय र कदमलाई समेत समर्थन गर्नुपर्ने बाध्यता आउने भन्दै उनीहरूले बेलैमा सचेत हुनुपर्ने पनि बताएका छन् । पार्टीले अब प्रतिपक्षमा बसेर नागरिकका आवाज बुलन्द गर्ने र सरकारका गलत कामको विरोध गर्ने जनाएको छ । गएको पुस १० गते अप्रत्याशितरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा पनि गएको थियो ।

एमाले र माओवादीको गठबन्धन भत्किएर मन्त्रिपरिषद् पुनगर्ठन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!